राजनीति

कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक असार ३ गते बस्ने


काठमाडौँ – नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक आगामी असार ३ गते बिहीबार दिउँसो २ बजे बस्ने भएको छ । बैठक पार्टीको केन्द्रीय कार्यालय सानेपामा बस्न लागिएको हो ।

पार्टी केन्द्रीय कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलले शनिबार एक विज्ञप्ति जारी गरी यसबारे जानकारी दिएका हुन् । बैठकमा पार्टीको आसन्न १४ औँ महाधिवेशन र समसामयिक राजनीति घटनाक्रमबारे छलफल हुने मुख्यसचिव पौडेलले बताए । कांग्रेसले बैठकमा सहभागी हुनका लागि पार्टीका केन्द्रीय कार्यसमितिका पदाधिकारी, केन्द्रीय सदस्य तथा आमन्त्रित केन्द्रीय सदस्यलाई उपस्थितिका लागि निर्देशानुसार अनुरोधसमेत गरेको छ ।