देश

गुड्दै गरेको क्रेनमा करेण्ट लाग्दा दुई जनाको मृत्यु


काठमाडौँ – सोलुखुम्बुको पत्तालेमा आज बिहान करेण्ट लागेर दुई जनाको मृत्यु भएको छ । मुल सडकमा क्रेनले विद्युत लाईन छुँदा करेण्ट लागेर क्रेनमा सवार दुई जनाको घटनास्थलमा नै मृत्यु भएको हो ।

जिल्ला प्रहरी कार्यालयका प्रमुख तथा प्रहरी नायवउपरीक्षक कवित कटुवालका अनुसार उनीहरू गाडीमा एउटा मेसिन बोकेर जाँदै गर्दा करेन्ट लागेको हो । उनीहरू सवार गाडीमा रहेको एउटा मेसिनले ३३ हजार भोल्टको तर छुँदा उनीहरूको मृत्यु भएको प्रहरीले जनाएको छ । कटुवालका अनुसार मृतक हुनेमा स्याङ्जाका २४ वर्षीय क्रेन चालक रामबहादुर परियार र बागलुङका २६ वर्षीय भूमिराज मरासैनी रहेका छन्। घाइते दुई जनालाई भने उपचारका लागि अस्पताल पठाइएको छ ।

८६ मेगावाट क्षमताको सोलुखोला दुधककोशी जलविद्युत आयोजनाको क्रेन मर्मत सम्भारका लागि लोबेड गाडीमा पोखरा लैजाने क्रममा हाईटेन्सन लाईमा छुँदा दुर्घटना भएको हो ।उक्त दुर्घटना आज बिहान ९ बजे भएको बताइएको छ ।