राजनीति

प्रदेश १ को बजेट अधिवेशन आज


काठमाडौँ — प्रदेश १ मा बजेट अधिवेशन सोमबार सुरु हुँदै छ । जसका लागि पूर्व तयारीको काम सबै सकिसकेको सचिवालयले जनाएको छ ।

प्रदेश १ मा बजेट अधिवेशनका लागि सचिवालयले प्रदेशसभाका कर्मचारी, सुरक्षाकर्मी, मर्यादापालक, संसदीय पत्रकार र सांसदहरूको पीसीआर परिक्षण गरेको छ । प्रदेशसभाका प्रशासन महाशाखा प्रमुख चन्द्रमणि पोख्रेलले शनिबार स्वाब परीक्षण गरिएकामध्ये २ जना चालक, २ सुरक्षाकर्मी र एक जना पत्रकारको पीसीआर रिपोर्ट पोजिटिभ आएको बताए ।
अधिवेशनको पहिलो बैठकमा संसदीय दलका नेताहरूले शुभकामना मन्तव्य दिने र प्रदेश आर्थिक कार्यविधि ऐन (दोस्रो संशोधन) संशोधन अध्यादेश पेस हुने कार्यसूची छ । प्रदेश सरकारले आर्थिक कार्यविधि ऐनमा बजेट ल्याउनुभन्दा १५ दिन अगावै पूर्वबजेट छलफल गर्नुपर्ने व्यवस्थालाई अध्यादेशमार्फत ५ दिन कायम गरेर संशोधन गरेको हो।