बिजनेस

चुरे क्षेत्रबाट गिट्टी, ढुंगा, बालुवा निकासी हुँदैन : राष्ट्रपति चुरे–तराई मधेश संरक्षण विकास समिति


काठमाडौँ – राष्ट्रपति चुरे–तराई मधेश संरक्षण विकास समितिले चुरे क्षेत्रबाट गिट्टी, ढुंगा, बालुवा निकासी नहुने स्पष्ट पारेको छ । राष्ट्रपति चुरे–तराई मधेश संरक्षण विकास समितिले तराई–मधेशको संरक्षणप्रति सम्वेदनशिल रहेको र चुरे क्षेत्रको दोहन हुन नदिन प्रतिवद्ध रहेको जनाएको हो । चुरे क्षेत्रमा ढुंगा, गिट्टी, वालुवा उत्खनन् गरी निकासी गर्ने कुनैपनि कार्यक्रम नभएको समितिले स्पष्ट पारेको हो ।

वन तथा वातावरण मन्त्रालयका सचिव पेम नारायण पौडेलले चुरेबाट कुनै खानिजन्य, ढंगाजन्य वस्तु निकाल्ने वजेट वक्तव्यको उद्देश्य नभएको बताउनुभयो । उहाँले चुरे क्षेत्रबाट उत्खनन् नगरिनेमा विश्वस्त हुन आग्रह गर्नुभयो ।
राष्ट्रिय योजना आयोगका सदस्य डा. कृष्ण प्रसाद ओलीले वजेट वक्तव्यको बुँदा नं. १९९ चुरेसँग सम्बन्धित नभएको बताउनुभयो ।