राजनीति

जसपा प्रदेश २ को संसदीय दलको नेतामा लालबाबु राउत


काठमाडौँ – जनता समाजवादी पार्टीले प्रदेश २ को संसदीय दलको नेतामा मुख्यमन्त्री लालबाबु राउतलाई चयन गरेको छ । पार्टी केन्द्रीय अध्यक्ष उपेन्द्र यादवको उपस्थितिमा जनकपुरधाममा बसेकोे बैठकले संसदीय दलको नेतामा राउतलाई चयन गरेको हो । बैठकले जनता समाजवादी पार्टीको संसदीय दलको विधान पनि पारित गरेको छ ।

केन्द्रमा महन्थ ठाकुर पक्ष केपी शर्मा ओली नेतृत्वको सरकारमा सहभागी भएपछि प्रदेश २ मा समेत सरकार परिवर्तन गर्ने तयारी भैरहेको छ । यादव पक्षले महन्थ ठाकुर पक्षका मन्त्रीहरुलाई हटाएर कांग्रेस र माओवादी केन्द्रलाई सरकारमा सहभागी गराउने प्रयास गरिरहेको छ ।