राजनीति

ललिता निवास जग्गा प्रकरणमा मुछिएका ४९ जनाको नाममा २१ दिने सूचना जारी


काठमाडौँ – भूमिसुधार तथा मालपोत कार्यालय काठमाडौँले ललिता निवास क्याम्प क्षेत्रभित्र पर्ने सरकारी जग्गा व्यक्तिको नाममा गर्ने प्रकरणमा मुछिएका ४९ जनाविरुद्ध २१ दिने सूचना जारी गरेको छ । २०७७ साल चैत २० को भूमिसुधार कार्यालयको आदेश अनुसार ती ४९ जनाको घरमा यो सूचना प्रकाशित गर्न जाँदा घर ठेगाना पत्ता नलागी म्याद तामेल हुन नसकेको भन्दै पत्रिकामा सूचना जारी गरेर थप २१ दिनको समय दिइएको हो ।

मालपोत कार्यालयले जग्गाधनीलाई बालुवाटारस्थित सो जग्गा सरकारको नाममा ल्याउनु नपर्ने कारण भए २१ दिनभित्र कारण पेस गर्न भनेको छ । अब सरकारी जग्गा आफ्नो नाममा गराउने ती जग्गाधनीले २१ दिनभित्र जवाफ दिनु पर्ने छ । यदी यो नगरे उक्त जग्गा सरकारको नाममा नामसारी हुने बताइएको छ ।
ुसरकारी जग्गा आफ्नो नाममा गर्ने मध्येमा सबैभन्दा धेरै जग्गा शोभाकान्त ढकालको नाममा रहेको छ । उनको र उनको परिवाको नाममा गरी २२ कित्ता रहेको छ । सूचनामा उल्लेखित भएअनुसार जुन ३ हजार २ सय ७५ वर्गफिट रहेको छ ।