बिजनेस

नेपाली शेयर बजारमा नयाँ नयाँ रेकर्ड, बजार पुजीँकरण ३९ खर्ब ६४ अर्ब पुग्यो (भिडियोसहित)


काठमाडौँ – यो साता नेपाली शेयर बजारमा नयाँ नयाँ रेकर्ड कायम भए । कारोबार मापन गर्ने नेप्से सुचक अहिले सम्मकै उच्च विन्दुमा पुगेको छ भने कारोबार रकम पनि साता भर करिव ६८ अर्बको भएको छ । त्यस्तै बजार पुजीँकरण पनि हाल सम्मकै उच्च ३९ खर्ब ६४ अर्ब पुगेको छ ।

पहिल्लो केहि महिना देखि नेपाली शेयर बजार निरन्तर जसो बढीरहेको छ । केहि कम्पनीको शेयर मुल्य अस्वभाविक रुपमा बढे पछि केन्द्रीय बैंकले बैंकहरुलाई सेयर बजारमा अल्पकालीन लगानी नगर्न निर्देसन नै दियो तर पनि शेयर बजारमा प्रभाव नकारात्मक प्रभाव भने देखिएन । बरु यहि विचमा नेपालको शेयर बजारले नयाँ नयाँ रेकर्ड बनाउन सफल भएको छ । त्यस्तै, जेठ १५ गते आएकको बजेटले अल्पकालीन लगानीकर्तालाई पँजीगत लाभकर दर बढाएर ७.५% पुर्याइदियो । यसको असर पनि बजारमा देखिएन । यो साता नेप्से सूचक १.४७% ले वृद्धि हुँदै हालसम्मकै उच्च २८५६.७७ विन्दुमा बन्द भएको छ । गत साता नेप्से सूचक २८१५.४० विन्दुमा बन्द भएको थियो । साता बजार पुजीकरण पनि अहिले सम्मकै उच्च विन्दुमा पुगेको छ । अन्तिम कारोबारको दिन सम्म आईपुग्दा बजार पुजीकरण ३९ खर्ब ६४ अर्ब २१ करोड कायम भएको छ । साताको अन्तिम दिन बिहीबार १६.९१ अर्ब रुपैयाँको सेयर कारोबार भएको छ ।
नेप्सेले यस साता सेयर खरिदबिक्री रकममा पनि इतिहास रचेको छ । आइतबार हालसम्मकै उच्च १७.०३ अर्ब रुपैयाँको सेयर कारोबार भएको थियो । सबैभन्दा थोरै भने मंगलबार ८.६० अर्ब रुपैयाँको सेयर खरिदबिक्री भएको थियो । यस साता दैनिक औसतमा १३.५६ अर्ब रुपैयाँको सेयर कारोबार भएको देखिन्छ । साताभरमा शेयर बजारमा ६७ अर्ब ७९ करोडको कारोबार भएको हो । यो साता विकास बैंक र फाइनान्स समूहमा उच्च वृद्धि देखिएको छ ।
सबैभन्दा बढी फाइनान्स समूह १७.६७% ले बढेको छ भने विकास बैंक समूह १७.६७% बढेको छ । तेस्रोमा होटल तथा पर्यटन समूह ७.८६% ले बढेको छ । हाइड्रोपावर र ट्रेडिङ समूह भने क्रमशः ४.४९% र ५.४६% ले घटेका छन् । यो साता भाउ धेरै बढ्ने शीर्ष १० कम्पनीको सूची विकास बैंक र फाइनान्स कम्पनीहरुले ओगटेका छन् । लुम्बिनी विकास बैंकको भाउ सबैभन्दा धेरै ४५.०३% ले वृद्धि भएको छ । त्यसपछि गोर्खाज फाइनान्स ४३.२६% र मञ्जुश्री फाइनान्स २७.९१% ले बढेका छन् । यस सात हाइड्रोपावर समूहका कम्पनीमा धेरै गिरावट आएको छ । सबैभन्दा धेरै माउन्टेन हाइड्रो नेपालको भाउ १५.७०% ले घटेको छ । त्यसपछि वरुण हाइड्रोपावर कम्पनी १४.७१% र साधना लघुवित्तको भाउ १२.१२% ले घटेको छ ।