कोरोना विशेष

नेपालमा थप ६ हजार ६५३ जनामा संक्रमण पुष्टि, १०१ जनाको मृत्यु


काठमाडौँ – कोरोना भाइरस संक्रमणका कारण थप १०१ जनाको मृत्यु भएको छ । यससँगै देशभर कोरोनाबाट ज्यान गुमाउनेको कुल संख्या ७ हजार ७३१ पुगेको छ । पछिल्लो २४ घण्टामा नेपालमा ६ हजार ६५३ जना कोरोना संक्रमित पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पीसीआर विधिबाट १४ हजार १८२ र एन्टिजेन विधिबाट ६ हजार ६३१ जनाको परीक्षण गर्दा ६ हजार ६५३ जनामा संक्रमण पुष्टि भएको हो । यससँगै सक्रिय संक्रमितको संख्या ९७ हजार ६९९ पुगेको छ ।

आज देशभर ८ हजार ६६३ जना संक्रमित निको भई डिस्चार्ज भएका छन् । क्वारेनटाइनमा ७५५ जना छन् ।