कोरोना विशेष

कानुन व्यवसायीलाई तत्काल खोपको व्यवस्था गर्न सर्वोच्चको आदेश


काठमाडौँ – सर्वोच्च अदालतले कानुन व्यवसायीलाई तत्काल कोरोनाविरुद्धको दोस्रो डोज खोप लगाउने व्यवस्था गर्न अन्तरिम आदेश दिएको छ ।

अधिवक्ता उमेश प्रसादले दायर गरेको रिटमाथि बिहीबार सुनुवाई गर्दै सुष्मालता माथेमाको एकल इजलासले ७५० कानुन व्यवसायीलाई दोस्रो डोज खोप पनि लगाउने व्यवस्था गर्न सरकारका नाममा अन्तरिम आदेश जारी गरेको हो ।

पहिलो डोज खोप लगाएका व्यक्तिले दोस्रो डोज खोप समयमै नलगाएमा पहिलो डोजको प्रभावकारीता समाप्त हुने भएकाले समयभित्रै खोप लगाइदिन आदेशमा भनिएको छ ।