समाचार

कोरोनाका कारण ३५ वर्षीय चिकित्सकको मृत्यु


काठमाडौँ – कोरोना संक्रमणका कारण चिकित्सकको मृत्यु भएको छ । युनिभर्सल मेडिकल कलेज शिक्षण अस्पताल भैरहवामा कार्यरत एक चिकित्सकको कोरोनाबाट मृत्यु भएको हो । कपिलवस्तुका फिजिसियन डा.पशुपति रजौरियाको उपचारको क्रममा ग्राण्डी इन्टरनेसनल हस्पिटल काठमाडौंमा बुधबार राति मृत्यु भएको हो ।
३५ वर्षीय रजौरियालाई संक्रमणपछि वैशाख २० गते युनिभर्सल मेडिकल कलेजकै एचडीयू कक्षमा उपचार गराईरहेको थियो । त्यसपछि अवस्था झन् बिग्रदै गएपछि चार दिनपछि हेलिकप्टरमार्फत काठमाडौं ल्याएको थियो ।
का अनुसार डा.रजौरियासँगै उनकी श्रीमती डा.हसिना बानुलाई पनि कोरोना संक्रमित भएको युनिभर्सल मेडिकल कलेजका सूचना अधिकारी सुशील गुरुङले बताएका छन् । डा.बानु भने कोरोना संक्रमणमुक्त भइसकेको गुरुङले बताए । हालसम्म मेडिकल कलेजमा १ सय ६० जना स्वास्थ्यकर्मी कोभिड संक्रमित भएपनि चिकित्सक मृत्यु भएको यो पहिलो घटना भएको गुरुङले बताए ।