कोरोना विशेष

कोभिड –१९ बाट २४ घण्टामा विश्वभर मृत्यु हुनेको सङ्ख्या ८ हजार ५५


काठमाडौँ – विश्वभर कोभिड –१९ को संक्रमण फैलिरहेको छ । पछिल्लो २४ घण्टामा को तथ्याङ्क हेर्दा कोभिड – १९ संक्रमणका कारण विश्वमा ८ हजार ५५ जनाको मृत्यु भएको छ । विश्वमा कोभिड – १९ संक्रमणका कारण विश्वमा ३५ लाख ४८ हजार ६२८ जनाको मृत्यू भईसकेको छ ।

समाचार तयार पार्दासम्म पछिल्लो २४ घण्टामा ३ लाख ५२ हजार ६८५ नयाँ संक्रमित थपिएका छन् । हालसम्म विश्वमा १७ करोड ४ लाख २६ हजार २४५ मानिस कोभिड १९ बाट संक्रमित भएका छन् ।