कोरोना विशेष

कोरोनाको तेस्रो लहर आउन सक्ने बेलायतको आकलन


काठमाडौँ – बेलायत सरकारको सल्लाहकारसमेत रहेका एक वैज्ञानिकले बेलायत कोभिड १९ को तेस्रो लहरको चपेटामा पर्न सक्ने चेतावनी दिएका छन् । क्याम्ब्रिज विश्वविद्यालयका प्राध्यापक रवि गुप्ताले तेस्रो लहर ल्याउन सक्ने ब्रिटिस प्रजातिका नयाँ संक्रमितहरू थपिने क्रम जारी रहेको बताएका छन् ।

उनले यससँग सम्बन्धित बेलायतमा पछिल्लो समयमा तीन हजार तीन सय ८३ जना नयाँ संक्रमित भेटिएका छन् । बेलायतमा कोभिडको तेस्रो लहरको शुरुआत हुन सक्ने अवस्था रहेको उनले बताए । उनले बिबीसीसँगको कुराकानीमा बेलायतमा देखिएका संक्रमितको संख्या ह्वात्तै बढ्न सक्ने बताएका छन् ।

बेलायतमा दुई महिना अघि भेटिएको भनिएको कोभिड १९ को भेरिएन्टलाई निकै खतरानाक भनिएको छ ।