समाचार

भेरी अस्पतालका स्वास्थ्यकर्मीमाथि आक्रमण गर्नेलाई कारबाहीको माग गर्दै प्रदर्शन


काठमाडौँ – दाङका विभिन्न स्वास्थ्य संस्थामा कार्यरत चिकित्सक, नर्सहरुले भेरी अस्पतालका स्वास्थ्यकर्मीमाथि आक्रमण गर्नेलाई कारबाहीको माग गर्दै प्रदर्शन गरेका छन् । जेठ १३ गते राति भेरी अस्पतालमा डाक्टर र स्वास्थ्यकर्मीमाथि आक्रमण गर्नेमाथि कारबाहीको माग गर्दै राप्ती स्वास्थ्य बिज्ञान प्रतिष्ठानमा कार्यरत डाक्टर, नर्स र स्वास्थ्यकर्मीहरुले प्रर्दशन गरेका हुन् ।

नेपाल चिकित्सक संघ दाङ शाखाको अगुवाइमा घोराहीस्थित राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान अगाडि प्रदर्शन भएको हो । स्वास्थ्यकर्मीहरुले दोषीमाथि कारबाहीको माग गरी प्लेकार्ड छातीमा टाँसेर बिरोधमा उत्रिएका थिए ।

चिकित्सकको पेशागत सुरक्षाका लागि कडा खालको कानुन ल्याउन सरकारलाई ध्यानाकर्षण गराउन दबाबमुलक कार्यक्रम गरेको नेपाल चिकित्सक संघ दाङ शाखाका अध्यक्ष डा. कुबेर रेग्मीले बताउनुभयो ।