समाचार

एसईई परीक्षा नहुने, आन्तरिक मूल्यांकनबाट नतिजा सार्वजनिक


काठमाडौँ – यस वर्षको माध्यमिक शिक्षा परीक्षा (एसईई) नहुने भएको छ । सरकारले यस वर्षको एसईई परीक्षाको नतिजा पनि आन्तरिक मूल्यांकनबाटै सार्वजनिक गर्ने निर्णय गरेको छ ।

शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले गरेको प्रस्ताव मन्त्रिपरिषद् बैठकले पारित गरेको हो । राष्ट्रिय परीक्षा बोर्डले आइतबार मात्रै एसईई परीक्षा वैकल्पिक विधिबाट गर्ने व्यवस्था मिलाउने व्यवस्था गर्न भन्दै शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयलाई प्रस्ताव गरेको थियो । सो प्रस्तावलाई शिक्षामन्त्री कृष्णगोपाल श्रेष्ठले मन्त्रिपरिषद बैठकमा पेश गर्नुभएको थियो ।