राजनीति

सरकारमाथिको आक्रमण रोक्न युवा संघलाई ओलीको निर्देशन


काठमाडौँ – प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारमाथि आक्रमण भइरहेको भन्दै रोक्न युवा संघलाई निर्देशन दिनुभएको छ ।

आज एमाले निकट युवा संघको बैठकलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले सरकारमाथि चारैतिरबाट आक्रमण भएकाले त्यसलाई रोक्न युवा संघका नेता कार्यकर्तालाई निर्देशन दिनुभएको हो ।

प्रधानमन्त्री ओलीले चुनावका लागि भनेर सरकार घटिया काम नगर्ने भन्दै एउटा व्यक्ति जित्छ हार्छ भनेर सरकारले नहेर्ने बताउनुभयो । उहाले आफुहरु मिसन पत्रकारिता भइरहेको भन्दै उनले त्यो घातक हुने पनि बताउनुभयो । प्रधानमन्त्री ओलीले नेपाल समूहले विधि पद्धतिका नाममा अराजकता निम्त्याएको पनि बताउनुभयो ।

लोकतान्त्रिक मूल्य मान्यता विपरित फ्लोर क्रस गर्ने, बागी उम्मेदवार उठाउनु खुलेआम अन्तरघात गरेर अनुशासनहीनताको नाङ्गो नाच भएको उहाँले बताउनुभयो ।

ओलीले नेपाल समूहले पार्टीलाई कमजोर बनाउन जुनसुकै भूमिका खेल्न तयार भएको आरोप पनि लगाए ।