राजनीति

जसपाले ८ मन्त्री र २ राज्यमन्त्री पाउने समझदारी


काठमाडौँ – प्रधानमन्त्री केपी शर्मा ओली तथा जनता समाजवादी पार्टी (जसपा) का अध्यक्ष महन्थ ठाकुर र राजेन्द्र महतो पक्षबीचको वार्ता सकिएको छ ।
सोमबार विहान १० बजेबाट बालुवाटारमा शुरु भएको साढे तीन घन्टा लामो वार्ता सकेर जसपाका नेताहरु बालुवाटारबाट बाहिरिएका छन् ।

जसपाले ८ मन्त्री र दुई राज्यमन्त्री पाउने गरि समझदारी भएको र एक दुई दिनमै सरकार विस्तार हुने बालुवाटार स्रोतले जानकारी दियो । ‘माओवादी केन्द्रले छोडेका मन्त्रालय जसपाले पाउने हो, ८ मन्त्रीसहित २ राज्यमन्त्री दिने पक्का भइसकेको छ’ बालुवाटार निकट स्रोतले भन्यो, ‘को–को जाने उहाँहरुले छान्नु हुन्छ, गृह मन्त्रालयको दाबी उहाँहरुले छोड्नु भएको छैन ।’

जसपाका एक कार्यकारिणी सदस्यले माओवादी केन्द्रले छोडेको मन्त्रालय आफूहरुले पाउने भएको भएपनि को–को कुन कुन मन्त्रालयमा जाने भन्नेबारे निर्णय भइनसकेको जानकारी दिए ।