समाचार

बहराइनका राजकुमारलाई लिन विशेष जहाज आउँदै


काठमाडौँ – बहराइनका राजकुमार मोहम्मद हमाद मोहम्मद अल खालिफासहितका सदस्यलाई लिन विशेष जहाज आज बेलुकी साढे पाँच बजे काठमाडौँ आउँदै छ । सगरमाथा आरोहणको लागि नेपाल आएका राजकुमारसहितको टोलीलाई लिन आज विशेष जहाज काठमडौँ आउँन लागेको हो । जहाज आज आए पनि भोली मात्रै स्वदेश फर्कने तालिका रहेको छ ।
सगरमाथा आरोहणको लागि गत चैत २ गते राजकुमारसहित १० जनाको टोली नेपाल आएका थिए। सोही टोलीले वैशाखको २८ गते सगरमाथा आरोहण गरिसकेको छ । सगरमाथाको उचाइ बढेर आठ हजार आठ सय ४८ मिटर ८६ सेन्टिमिटर कायम भएपछि अन्तर्राष्ट्रिय आरोहीहरुको पहिलो आरोहणको रुपमा राजकुमारको टोली सगरमाथाको चुचुरोमा पुगेको हो ।

बहराइनका राजकुमार खालिफासहितको टोलीले अघिल्लो वर्ष लोबुचे र मनास्लु हिमालको पनि सफल आरोहण गरेको थियो ।