कोरोना विशेष

चीनबाट ल्याउन लागेको कोभिड–१९ विरुद्धको खोप ६० देखि ६४ वर्षका नागरिकलाई दिइने


काठमाडौँ – सरकारले चीनबाट ल्याउन लागेको कोभिड–१९ विरुद्धको भेरोसेल खोप ६० देखि ६४ वर्षका नागरिकलाई दिइने भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित प्रेस ब्रिफिङमा आइतबार परिवार कल्याण महाशाखाका प्रमुख डा. तारानाथ पोखरेलले अब चीनबाट ल्याइने खोप ती उमेर समूहका नागरिकलाई दिइने बताउनुभयो ।

डा. पोख्रेलका अनुसार पहिलो डोज भेरोसेल खोप लगाएर अहिले उपत्यकाबाहिर रहेकाहरुलाई प्रदेशमा नै दोस्रो डोज दिने व्यवस्था गरिएको र उनीहरुले पायक पर्ने केन्द्रबाट खोप लिन सक्नेछन् ।

चीन सरकारले अनुदानमा दिएको १० लाख डोज भेरोसेल खोप सोमबार दुई लाख र केही दिनपछि आठ लाख डोज गरी जुनको पहिलो साता ल्याइ सक्ने परराष्ट्र मन्त्रालयले जनाएको छ ।