कोरोना विशेष

कोरोना भाइरसको नयाँ भेरियन्ट फेला, हावाबाट पनि संक्रमण फैलने


काठमाडौँ – भियतनाममा कोरोना भइरसको नयाँ भेरियन्ट देखिएको छ । यो भेरियन्टको संक्रमण निकै तीव्र गतिमा संक्रमण फैलिने बताइएको छ । पछिल्ला केही हप्तादेखि भियतनाममा संक्रमण बढ्दो क्रममा छ ।
भारतमा भेटिएको र बेलायतमा भेटिएको भेरियन्टबिचको म्युटेशनबाट बनेको नयाँ ‘हाइब्रिड’ भेरियन्ट भेटिएको र यो हावाको माध्यमबाट पनि तीव्र गतिमा फैलिने अधिकारीहरुले बताएका छन् ।

भियटनामका स्वास्थ्य मन्त्री गुयन थान लङ्गले शनिबार नयाँ म्युटेशन निकै खतरनाक रहेको बताएका छन् । अहिलेसम्म कोरोना भाइरसका हजारौँ म्युटेशन भेरियन्ट पत्ता लागेका छन् । तर केही भेरियन्टहरु संक्रामक देखिएका छन् ।

स्वास्थ्य मन्त्री थान लङ्गले भनेका छन्, ‘भियतनाममा कोरोना भाइरसको नयाँ भेरियन्ट फेला परेको छ र यो भारत र बेलायतमा भेटिएको भेरियन्टको म्युटेशनबाट बनेको हो ।’

पहिलो भेरियन्टको नै खोप पाउन मुस्किल भएको अवस्थमा भियतनाममा देखिएयो यो हाइब्रेड भेरियन्टले थप चिन्तित बनाएको छ ।