देश

कोभिडविरुद्धको खोप खरिदका लागि मात्रै २६ अर्ब ७५ करोड बजेट विनियोजन


काठमाडौँ – सरकारले कोभिड–१९ विरुद्धको खोप खरिदका लागि मात्रै २६ अर्ब ७५ करोड बजेट विनियोजन गरेको छ । अर्थमन्त्री विष्णु पौडेल आगामी आर्थिक वर्ष २०७८र७९ को बजेट प्रस्तुत गर्दै उक्त बजेट विनियोजन गर्नुभएको हो ।

साथै, पौडेलले कोभिड नियन्त्रणमा बजेट केन्द्रित,उपचार र खोप सुनिश्चितताका लागि बजेट कमी हुन नदिने प्रतिबद्धता पनि जनाउनुभयो । त्यसैगरी, अक्सिजन तथा औषधि खरिदमा भन्सार र मूल्य अभिवृद्धि कर छूटको घोषणा गरिएको छ