राजनीति

सरकारद्वारा बजेट अध्यादेश जारी गर्न सिफारिस


काठमाडौँ – मन्त्रिपरिषद बैठकले बजेट ल्याउनका लागि अध्यादेश जारी गर्न राष्ट्रपतिसमक्ष सिफारिस गरेको छ ।

आज विहान बसेको मन्त्रिपरिषद बैठकले बजेट ल्याउनका लागि अध्यादेश जारी गर्न राष्ट्रपतिलाई सिफारिस गरेको मन्त्रीले जानकारी दिनुभयो । संसद् भंग गरिएको संकटपूर्ण घडीमा अध्यादेशबाट बजेट ल्याउन नहुने भनेर विपक्षी दललगायत विभिन्न पक्षबाट खबरदारी भइरहेका बेला सरकारले आज ४ बजेट सार्वजनिक गर्दैछ ।

हरेक वर्ष वार्षिक बजेट विधेयकको रुपमा संसदबाट ल्याउनुपर्ने व्यवस्था भए पनि अहिले प्रतिनिधि सभा विघटन भएकाले सरकारले अध्यादेशमार्फत ल्याउन लागेको हो ।