राजनीति

राष्ट्रपति र प्रधानमन्त्रीका कारण देशले दुष्परिणाम भोग्नु पर्‍यो : देउवा


काठमाडौँ – नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले राष्ट्रपति र प्रधानमन्त्रीको गलत संस्कार र व्यवहारका कारण देशले दुष्परिणाम भोग्नु परेको बताउनुभएको छ ।

गणतन्त्र दिवसको अवसरमा शुभकामना सन्देश दिँदै देउवाले कुनै पनि राज्य प्रणालीको सफलता त्यसको नेतृत्वकर्ताको संस्कार र व्यवहारमा निर्भर रहने बताउँदै अहिले राष्ट्रपति र प्रधानमन्त्रीको संस्कार र व्यवहार गलत भएकाले देशले दुष्परिणाम भोग्नुपरेको आरोप लगाउनुभएको हो । देउवाले चुनौती पार गरेर अघि बढ्न अपिलसमेत गर्नुभएको छ । सभापति देउवाले कोभिड—१९ को महामारीका कारण देश अहिले कठिन र संवेदनशील परिस्थितिको सामना गरिरहेको बेला सरकार जनताको जीवनप्रति उदासिन र संवेदनहीन देखिएको आरोप लगाउनुभएको छ ।