राजनीति

संसद् विघटनसम्बन्धी जारी सुनुवाइ आइतबारसम्म स्थगित, इजलास गठनमा उठ्यो प्रश्न


काठमाडौँ – संसद् विघटनसम्बन्धी जारी सुनुवाइ आइतबारसम्म लागि सुनुवाइ स्थगित भएको छ ।
कानुनविद् गोबिन्द बन्दीले इजलास गठनमा प्रश्न उठाएपछि आइतबारसम्मका लागि सुनुवाइ स्थगित गरिएको होे । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)लाई दुई टुक्रा हुने गरी फैसला गर्ने न्यायाधीश बमकुमार श्रेष्ठको सहभागितालाई लिएर बन्दीले प्रश्न उठाउनुभएको हो ।

प्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणाले व्यक्तिका बारेमा प्रश्न नउठाउन अनुरोध गरेपनि अन्ततः आइतबारसम्मका लागि बहस स्थगित गरिएको हो ।