कोरोना विशेष

भारतमा संक्रमितको संख्यामा कमी आउने क्रम जारी,२४ घण्टामा ४४ दिन यता कै कममा संक्रमण


काठमाडौँ – केन्द्रीय स्वास्थ्य मन्त्रालयका अनुसार भारतमा दैनिक कोरोना संक्रमित भेटिनेको संख्यामा कमि आउन थालेको छ । बितेको २४ घण्टामा १ लाख ८६ हजार ३ सय ६४ नयाँ संक्रमित थपिएका छन्। यो बितेका ४४ दिन यताकै सबैभन्दा कम संख्या रहेको मन्त्रालयले जनाएको छ।

नयाँ संक्रमित भेटिनेको संख्यामा कमि आए पनि मृत्यु हुनेहरुको संख्या भने घट्न सकेको छैन। २४ घण्टामा थप ३ हजार ६ सय ६० जना संक्रमितको मृत्यु भएको छ। अहिलेसम्म भारतमा २ करो८ ७५ लाख ५५ हजार भन्दा धेरै मानिस संक्रमित भएका छन्। ती मध्ये २ करोड ४८ लाख ९३ हजार भन्दा धेरै संक्रमणमुक्त भएका छन्। बितेको २४ घण्टामा २ लाख ५९ हजार ४ सय ५९ जना अस्पतालबाट डिस्चार्ज भएका छन्।

अहिले भारतमा सक्रिय कोरोना संक्रमितको संख्या २३ लाख ४३ हजार १ सय ५२ रहेको छ।