राजनीति

प्रधानमन्त्री र राष्ट्रपतिबाट जघन्य अपराध हुँदा संसद् मुकदर्शक भयो : भीमार्जुन आचार्य


काठमाडौँ – संविधानविद् डा. भीमार्जनु आचार्यले प्रधानमन्त्री र राष्ट्रपतिबाट ‘मान्छे मारेको भन्दा पनि ठूलो अपराध’ गरेको बताएका छन् ।

सभामुखसँगको छलफलमा प्रधानमन्त्री केपी शर्मा ओलीसँगै राष्ट्रपति भण्डारीले पनि संविधानको उल्‍लंघन गरेको बताएका हुन् ।

“मान्छे मारेको भन्दा ठूलो अपराध हो यो । प्रधानमन्त्री र राष्ट्रपतिबाट यस्तो जघन्य अपराध हुँदा पनि संसद् मुकदर्शक भयो,” उनले भने, “प्रधानमन्त्रीको तिकडम रोक्न संसद्ले सकेन ।

प्रधानमन्त्री एउटै कार्यकालमा सबै धाराअनुसार प्रधानमन्त्री हुने रु शपथको दृष्य भद्दा गरियो । विश्वासको मत प्राप्त गर्न नसकेमा मात्रै ५ मा जाने हो । राजीनामा नगरी, पदुमक्त नभइ फेरि प्रधानमन्त्रीमा दाबी गर्नु गम्भीर नियतमाथि खोट थियो ।”