राजनीति

संसद विघटनसम्बन्धी सबै मुद्दा संवैधानिक इजलासमा, शुक्रबारको लागि तोकियो पेशी


काठमाडौँ – सर्वोच्च अदालतले संसद विघटनसम्बन्धी सबै रिटलाई संवैधानिक इजलासमा पठाएको छ ।
आज प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराको एकल इजलासले संसद विघटनसम्बन्धी रिटमा प्रारम्भिक सुनुवाइ गर्दै १९ वटैै मुद्दा संवैधानिक इजलासमा पठाउने आदेश दिएको हो ।
संसद विघटनसम्बन्धी ११ वटा मुद्दा यसअघि नै संवैधानिक इजलासमा दर्ता भएका छन् । संसद् विघटनसम्बन्धी मुद्दामा संवैधानिक इजलासमा शुक्रबारका लागि पेशी तोकिएको छ ।