देश

सुनको मूल्यमा सात सयले वृद्धि


काठमाडौँ – नेपाली बजारमा आज सुनको मूल्य बढेको छ । आज सुन तोलामा ७०० रुपैयाँ बढेको हो । आज छापावाला सुनको मूल्य प्रतितोला ९४ हजार २०० रुपैयाँ निर्धारण भएको छ । यस्तै तेजाबी सुन ९३ हजार ७०० रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ। आज चाँदीको मूल्य स्थिर रहँदै तोलामा एक हजार ३५० मा कारोबार भइरहेको छ।