राजनीति

माधव नेपालको अपिल : कानूनी, राजनीतिक र सडक आन्दोलन गरौं


काठमाडौँ – नेकपा एमालेका निष्कासित नेता माधवकुमार नेपालले आफूहरुमाथिको निष्कासनको कारवाही औचित्यहीन,अनाधिकारिक र अर्थहीन रहेको भन्दै ओली सरकारलाई बढारेर मुलुकमा कानूनी राज स्थापना गर्न आह्वान गरेका छन् ।

नेपालले मंगलबार अपिल जारी गर्दै भनेका छन्, ‘हामीमाथि कानूनी,राजनीतिक तथा सडक आन्दोलनबाट प्रतिगामी ओली सरकारलाई बढार्दै मुलुकमा कानूनको राज स्थापना गर्ने दायित्व आइपरेको छ ।’

नेपालले सिंगो कम्युनिष्ट आन्दोलनलाई पुनर्जागरण गरी समाजवादाको अभियानमा गोलबन्द गर्ने अभिभार युगले आफूहरूलाई सुम्पेको दावी गरेका छन् । नेपालसहित ११ जना विघटित संसदका सदस्यलाई एमालेले साधारण सदस्य नरहने गरी सोमवार निष्कासन गरेको थियो ।