कोरोना विशेष

कोरोना संक्रमणबाट ओखलढुंगामा पहिलो मृत्यु


काठमाडौँ – कोरोना संक्रमणबाट ओखलढुंगामा एक महिलाको मृत्यु भएको छ ।

सिद्धिचरण नगरपालिका–११ की ५८ वर्षीया एक महिलाको मृत्यु भएको हो । जिल्लामा कोरोनाबाट ज्यान गुमाउने उनी पहिलो व्यक्ति हुन् ।

यही जेठ ७ गते कोरोना पुष्टि भएपछि ओखलढुंगा सामुदायिक अस्पतालमा उपचाररत महिलाको आज निधन भएको जिल्ला स्वास्थ्य कार्यालय प्रमुख सुमन तिवारीले जानकारी दिए ।

जिल्लाबाट बाहिर गएर बसेकाको यसअघि पनि कोरोना संक्रमणबाट मृत्यु भएको भए पनि जिल्लामा रहेका संक्रमितको यसअघि मृत्यु भएको थिएन ।