राजनीति

नागरिकता अध्यादेशविरुद्ध सर्वोच्च रिट


काठमाडौँ – राष्ट्रपतिबाट जारी भएको नागरिकता अध्यादेश विरुद्ध सर्वोच्च अदालतमा रिट पेश भएको छ । रिट निवेदक विरभद्र जोशीले अध्यादेश खारेजीको मागसहित रिट निवेदन पेश गर्नुभएको हो । अहिले रिट दर्ताको प्रक्रियामा रहेको छ ।

अध्यादेशमा विदेशमा विवाह भएकी नेपालकी छोरीको सन्तानले पनि नागरिकता पाउने व्यवस्था छ । आइतबार राष्ट्रपति विद्यादेवी भण्डारीले मन्त्रिपरिषद्को सिफारिसमा नेपाल नागरिकता (पहिलो संशोधन) अध्यादेश, २०७८ जारी गर्नुभएको थियो ।

गत बिहीबार बसेको मन्त्रिपरिषद्को बैठकले शपथ सम्बन्धी अध्यादेश, कोभिड–१९ संकट व्यवस्थापन अध्यादेशसँगै नेपाल नागरिकता (पहिलो संशोधन) अध्यादेश पनि सिफारिस गरेको थियो ।