समाज

नक्कली सेनिटाइजर बिक्री गर्ने कारखानामा प्रहरीले छापा


काठमाडौँ – नक्कली सेनिटाइजर उत्पादन गरी विक्रि वितरण गर्ने एक कारखानामा प्रहरीले छापा मारेको छ ।

अवैधानिक रुपमा चलाईरहेको र स्वास्थ्यको मापदण्ड विपरित उत्पादन गरिएको नक्कली सेनिटाइजर उत्पादन गरी विक्रि वितरण गर्ने ललितपुरको शितल हाईटमा रहेको कारखानामा प्रहरीले छापा मारेको हो ।

महानगरीय अपराध महाशाखाको टोलीले कारखाना सञ्चालक आशिष प्याकुरेललाई नियन्त्रणमा लिएको छ । त्यस्तै कारखानाबाट तयारी अवस्थामा रहेको सेनिटाइजर, सेनिटाइजर उत्पादनका लागि आवश्यक पर्ने कच्चा पद्धार्थ लगायतको सामाग्रीहरु पनि नियन्त्रणमा लिइएको छ ।

एसएसपी खापुङले उत्पादित सेनिटाइजर ल्याव टेष्ट गर्दा स्वास्थ्यका लागि अत्यन्तै हानिकारक र विशाक्त पाईएको पनि बताउनुभयो । उहाँले दोषिउपर कानुनी कारबाही अगाडी बढाइने बताउनुभएको छ ।