राजनीति

सरकारविरुद्ध उत्रेमा कठोर बन्न प्रहरीलाई निर्देशन


काठमाडौँ – सरकारविरुद्ध आन्दोलन चर्किनसक्ने सम्भावना रहेका भन्दै प्रहरीलाई प्रर्दशनकारीविरुद्ध कठोर रुपमा प्रस्तुत हुन गृह मन्त्रालयले निर्देशन दिएको छ। निर्देशन अनौपचारिक रुपमा दिइएको हो ।
“पछिल्ला घटनाक्रमपछि मुलुकमा अन्योलको अवस्था छ । कोरोना महामारीका कारण प्रर्दशन त त्यति भएका छैनन् तर भइहाले रोक्नु भन्ने छ ।” एक उच्च प्रहरी अधिकारीको भनाई छ ।

प्रधानमन्त्री केपी ओलीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले दोस्रोपटक संसद विघटन गरेपछि विपक्षी दलहरुले सरकारविरुद्ध आन्दोलनमा उत्रिन आह्वानसमेत गरेका छन् । तर, सुरक्षा निकायले महामारीको बढ्दो त्रासका कारण प्रर्दशनमा कमी आएको निष्कर्ष निकालेका छन् । सरकारी अधिकारीले भने सरकारविरुद्धको आन्दोलन नभई निषेधाज्ञा मिच्ने क्रम बढेकाले कडाई गर्न भनिएको दाबी गर्दै आएका छन् ।