समाचार

नेता र पावरवालाहरुले मात्रै भ्याक्सिन पाए, गरिव जनताले कहिले पाउँछन् ?(भिडियोसहित)


काठमाडौँ – भारतमा फैलिएको नयाँ भरियन्टको कोरोना भाइरसले नेपाललाई पनि आक्रान्त पारेको छ । कतिपयले उपचारको अभावमा ज्यान गुमाएका छन् भने लाखौ संक्रमित छन् । विज्ञ भने अहिलेको नयाँ भरियन्टको कोरोनाबाट छुट्टकरा पाउन भ्याक्सिन नै प्रभावकारी भएको बताउछन् । यतिबेला देश नै कोरोना संक्रमणसंग लडिरहेको छ । कतिपयले त कोरोना संक्रमणबाट अकालमा ज्यान गुमाएका छन् भने अझै पनि लाखौ संक्रमित छन् ।

कोरोना नियन्त्रणको लागि भनेर सरकारले गत बैशाख १६ गते बाट लागु गरेको निषेधाज्ञा अझै पनि जारी नै छ । तर, कोरोना संक्रमण ओरालो लागेको छैन । बरु नयाँ प्रजातीको भाइरस को चूनौती थपिँदै गएको छ । अहिले सम्म पनि कोरोनाको औषधी पत्ता लागि सकेको छैन् । तर, विज्ञहरुले भने कोरोना संक्रमण विरुद्धमा लगाइरहेको कोभिशिल्ड खोपले तुलनात्मक रुपमा यस भेरियन्टको जटिलता कम गर्न र मृत्यूदर कम गराउन प्रभावकारी हुने भएकाले खोपमा नै सरकारको अधिक ध्यान जानु पर्ने विज्ञहरु बताउँछन् ।

खोप लगाएका मानिसहरुमा कोरोना संक्रमण भए पनि ती मानिसहरु गम्भीर अवस्थामा नपुगेका आधारमा नयाँ भेरियन्टमा पनि खोप प्रभावकारी रहेको विश्वास गरिएको छ । त्यसैले ८० प्रतिशत जति जनसंख्याले खोप लगायो भने सजिलै कोरोना संक्रमणबाट छुट्टकरा पाउने विज्ञ बताउछन् ।

जनताको जीवन रक्षा गर्ने पहिलो प्राथमिकता सरकारको हो । यस्तो संकटको बेला सरकार राजनितिक खिचातानीमा अल्झिनु भन्दा पनि जनताको जीवन रक्षाको लागि कुन देशमा सहकार्य गरेर हुन्छ जसरी भए पनि भ्याक्सिन उपलब्ध गराउन आवश्यक छ ।