कोरोना विशेष

लकडाउन तोडेर जनता सडकमा आउन वाध्य हुँदै, खुरापाती नेताहरुको झगडामा जनताले पोखे आक्रोश(भिडियोसहित)


काठमाडौँ – नेपाली नागरिक यतिखेर कोरोना भाइरस संक्रमणका कारण रोग र भोकको कष्टमा छन् । कामकुरो एकातिर कुम्लो बोकी ठिमीतिर भन्ने नेपाली उखानझैँ सत्ताभित्र र इतर रहेका दलहरु पदको लोभमा जनता सताउने खेलमा लागेका छन् । लकडाउनमा घरभित्रै परेका जनताले आक्रोश व्यक्त गरेका छन् ।

देश नै कोरोना संक्रमणको रोकथाम र नियन्त्रणको लडाइँमा लाग्नुपर्ने वेला राजनीतिमा बेमौसमी संकट चुलिएको छ । सरकारमा रहेकाहरु यतिबेला निर्वाचनतर्फ होमिएको उद्घोष गरिरहेका छन् भने विपक्षीहरु संविधानको चीरहरण भएको भन्दै विपत्तिमा देखिन्छ । अस्पतालमा अक्सिजन अभाव छ । बेड छैन । दिनदिनै हजारौ संख्यामा संक्रमित थपिएका छन् । तर, विपदका वेला नागरिकलाई सुरक्षित राख्ने दायित्वबाट चुकेको सरकार बेमौसमी राजनीतिक संकटमा उद्यत रहेको भन्दै सर्वसाधारणले कडा आक्रोश व्यक्त गरेका छन् । सामाजिक सञ्जालहरुमा ओली कदमको चर्काे विरोध भइरहेको हो ।

यता सरोकारवाहरुलाई पनि सरकारको काम कार्वाही चित्त बुझेको छैन । यो संकटको बेला जनताको जीवन रक्षामा लागि पर्ने बेला आफ्नै कुर्सिमा लछाचुडी गर्नु लजास्पद भएको उनीहरु बताउछन् । यो बेलामा राजनितिक अस्थिरताले मानव अधिकारको समेत हनन भएको उनीहरुको दाबी छ । तीन वर्षअघि नेकपा नेतृत्वमा बहुमतको सरकार बनेपछि स्थायित्व शुरू हुने आशमा दंग परेका नेपाली नागरिकमा निराशा छाएको छ । अहिलेको राजनितिक दलको व्यवहार देख्दा जनताहरु मर्कामा परेका छन् ।

कोरोना संक्रमणको पिरलो एकातिर छ भने अर्कोतिर रोजगारी गुमाएर बिहानबेलुकीको छाक टार्नसमेत समस्या पर्ने अवस्था छ । जनताका लागि राजनीति गर्छु भन्नेहरूको जुँगाको लडाइँ, त्यो पनि विपदको समयमा । नागरिक प्रश्न गरिरहेका छन्, आखिर यो लडाइँ केका लागि ?