विदेश

आङ साङ सुकीको पार्टी खारेज हुने सम्भावना


काठमाडौँ – म्यानमारकी प्रजातन्त्रवादी नेतृ आङ साङ सुकीको पार्टी खारेज हुने सम्भावना देखिएको छ ।

सुकीको पार्टी नेस्नल लिग फर डेमोक्रेसी (एनएलडी) लाई त्यहाँको निर्वाचन आयोगले खारेज गरिदिने तयारी गरेको हो । गत वर्ष भएको निर्वाचनमा जालसाजी गरेको आरोप लगाउँदै सो पार्टी खारेज गर्ने बारेमा विचार गरिरहेको आयोगले स्पष्ट पारेको छ ।

गत वर्षको नोभेम्बरमा भएको निर्वाचनमा सुकीको पार्टी एनएलडीले ८३ सिटमा जित हासिल गरेको थियो । त्यस निर्वाचनलाई सेनाले धाँधली पूर्ण भएको भन्दै असन्तुष्टि जनाउँदै आएको थियो । त्यतिबेलाको निर्वाचन धाँधलीपूर्ण भएकाले फेरि अर्को निर्वाचन गर्नुपर्ने भन्दै म्यानमारमा सेनाले सत्ता नियन्त्रणमा लिएको छ ।

म्यानमारमा सेनाले शीर्ष नेताहरुलाई बन्धक बनाउँदै सत्ता नियन्त्रणमा लिएर अहिले आफै शासन गरिरहेको छ । गत फेब्रअरी १ मा सेनाले शासन हातमा लिएपछि त्यसको विरोधमा म्यानमारमा नागरिक आन्दोलन भइरहेको छ ।