कोरोना विशेष

कोरोनाविरुद्ध आयुर्वेदीय पद्धतिमा ‘हिमालयन महायोग अनुष्ठान’ हुने


काठमाडौँ – महायोगी सिद्धबाबा आध्यात्मिक प्रतिष्ठानको आयोजनामा १५ दिने हिमालयन महायाज्ञानुष्ठान सञ्चालन गर्ने भएको छ । प्रतिष्ठानले यही जेठ १२ गतेदेखि २८ गतेम्म हिमालयन महायोज्ञानुष्ठानले प्रत्येक दिन बिहान ५ बजे देखि ७ बजेसम्म दुई घण्टा अनुष्ठान सञ्चालन गर्ने भएको हो ।
अनुष्ठानमा सबै उमेर समूहका व्यक्तिहरुे सहभागी हुन पाउँने छन् । अनुष्ठानको अवधारणा पत्रमा भनिएको छ, ‘यौगिक तथा आयुर्वेदिक सिद्धान्तमा रहेर सबै अवस्था (बाल,वृद्ध र युवा) सबै प्रकृति (वात, पित्त र कफ) तथा वर्ण, लिङ्ग वा सम्प्रदाय (भेद रहित केवल मानव मात्र) को हितको लागि १५ दिवसीय सिद्ध महायोगानुष्ठान दिनचर्या, रात्रीचर्या तथा ऋतुचर्या अनुसार व्यवस्था गरिएको छ ।’

अनुष्ठान @HimalayanSiddhaMahayog यूट्यूब च्यानलमा प्रत्येक दिन बिहान र बेलुकाको समयमा दिनको दुई पटक लाइभ हुने पनि आयोजक संस्थाले जनाएको छ । समाधि सिद्ध अनन्त श्री विभूषित जगदगुरु श्री रमनान्द्चार्य स्वामी रामकृष्णचार्य महायोगी सिद्धबाबाको संकल्पमा कार्यक्रम आयोजना हुन लागेको आयोजकले जनाएको छ ।

शनिबार दिउसो जुम प्ल्याटफर्म मार्फत पत्रकार सम्मेलन गर्दै सिद्धबाबाले संसारले हात उठाइ सकेको अवस्थामा अहिले कसैको मुख ताकेर बस्ने समय नभएको बताउनु भएको छ । उहाँले शरीरलाई यौगिक र आयुर्वेदिक पद्धतिबाट शोधन गरे कोरोना जस्तो घातक भाइरसबाट पनि जोगिन शरीरको प्रतिरोधात्मक शक्ति बढ्ने बताउनु भयो ।

पत्रकार सम्मेलनमा बोल्दै उहाँले भन्नुभयो, ‘आयुर्वेदिक र योगिक दिनचर्याबाट १५ दिन ‘आइसोलेट’ गरिदिने हो भने देशलाई महामारीबाट मुक्त गराउन सकिन्छ । आयुर्वेदिक पद्धतिहरु प्रयोग गरेर अनुष्ठान गरिने छ । रोग उत्पन्न हुने दोष हाम्रो शरीरमा भएसम्म हामीलाई गाह्रो हुन्छ । रोगबाट बच्न सकिंदैन । त्यसको लागि शरीर शुद्ध गर्नको लागि शरीर शोधन गर्न सिकाइने छ ।’

घरमा बसिरहँदा शरीर शिथिल हुँदै जाने भन्दै महामारी सँगै मानिसहरु मानसिक रोगबाट पिडित हुने सम्भावना रहेको सिद्धबाबाले बताउनु भयो । उहाँले भन्नुभयो, ‘घरमा बसिरहनाले शरीरको हलचलको कमिले रोग प्रतिरोधात्मक शक्ति घटी रहेको छ । महामारीभन्दा पनि मानसिक रोगबाट पिडित हुने सम्भावना छ । त्यसैले पनि योगानुष्ठान अति आवश्यक भएको छ ।’

१५ दिने कार्यक्रममा घरमै उपलब्ध सामग्रीहरु प्रयोग गरेर आयुर्वेदिक चिकित्सा पद्धतिबाट कसरी शरीरलाई शुद्ध बनाइराख्ने भन्ने कुरा पनि सिकाइने छ ।