कोरोना विशेष

२४ घण्टामा थप ८ हजार ९८० जनामा कोरोना पुष्टि : १२९जनाको मृत्यु


काठमाडौँ – पछिल्लो २४ घण्टामा नेपालमा थप ८ हजार ९८० जनामा कोरोना भाइरस (कोभिड-१९) संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पीसीआर र एन्टिजेन्ट विधिबाट गरिएको परीक्षणमा थप ८ हजार ९८० जनामा संक्रमण पुष्टि भएको हो । १९३५७ पीसीआर परीक्षणमा ८५९१ जना र ७४८ एन्टिजेन परीक्षणमा ३८९ जनामा संक्रमण पुष्टि भएको हो । मन्त्रालयका अनुसार योसँगै नेपालमा सक्रिय संक्रमितको संख्या ५ लाख ५ हजार ६४३ पुगेको छ ।

कोरोना भाइरस संक्रमणका कारण थप १२९ जनाको मृत्यु भएको छ । यससँगै नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ६ हजार १५३ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालय मन्त्रालयले जनाएको छ ।

पछिल्लो २४ घण्टामा ८,८४८ जना कोरोना भाइरस संक्रमणमुक्त भएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सार्वजनिक गरेको विवरण अनुसार यो संख्या एकै दिन संक्रमणमुक्त हुने अहिलेसम्मकै धेरै संख्या हो । यसअघि शुक्रबार ७,८९० जना संक्रमणमुक्त भएका थिए ।