राजनीति

विपक्षी दलको बैठकलगत्तै प्रचण्ड र नेपालबीच छलफल सुरु


काठमाडौँ – विपक्षी दलको संयुक्त बैठक सकिएलगत्तै माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र एमाले नेता माधवकुमार नेपालबीच छलफल सुरु भएको छ ।

नयाँ बानेश्वरस्थित संसद् भवनमा बसेको विपक्षी दलहरूको बैठकलगत्तै अध्यक्ष दाहाल र नेता नेपाल छलफलमा बसेका हुन् । छलफलमा माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठ, दिनानाथ शर्मा र एमाले नेता भीम रावल पनि सहभागी छन् ।

विपक्षी दलको बैठकले राष्ट्रपति– प्रधानमन्त्रीको कदमविरुद्ध राजनीतिक र कानुनी लडाइँ लड्ने निर्णय गरिसकेको छ । त्यसका लागि उनीहरूले आइतबार सर्वोच्च अदालत जाने तयारी पनि गरेका छन् ।