काठमाडौँ – प्रतिनिधि सभा विघटन भएपछि आगामी रणनीति तय गर्न विपक्षी दलको संयुक्त बैठकले राष्ट्रपतिको कदमविरुद्ध राजनीतिक र कानुनी प्रतिवाद गर्ने निष्कर्ष निकालेको छ ।
आज बसेको नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, जनता समाजवादी पार्टी, राष्ट्रिय जनमोर्चा र नेकपा एमालेका वरिष्ठ नेता माधव नेपालसहितको बैठकले यस्तो निष्कर्ष निकालेको हो ।
राष्ट्रपति र प्रधानमन्त्रीको प्रतिनिधिसभा विघटन गर्ने कार्य प्रतिगामी भएको पनि बैठकले ठहर गरेको छ ।
विज्ञप्ति

प्रतिक्रिया