राजनीति

प्रधानमन्त्री ओली शितल निवासबाट बाहिरिए


काठमाडौँ – विपक्षी गठबन्धनभन्दा १० मिनेट अगाडि पुगेका प्रधानमन्त्री केपी शर्मा ओली राष्ट्रपति कार्यालय शितल निवासबाट बाहिरिएका छन् । झन्डै आधा घन्टा शितल निवासमा राष्ट्रपतिसंग छलफलका बसेका प्रधानमन्त्री ओलीले नयाँ सरकारका लागि दाबी पेश गरे कि गरेनन् भन्नेबारे खुलिसकेको छैन ।

जनता समाजवादी पार्टीको महन्थ–राजेन्द्र समूहका सांसदहरूको हस्ताक्षर बिहीबार राति नै प्रधानमन्त्रीलाई बुझाइसकेको एक सांसदले बताए । ‘हामीले चाहिने जति हस्ताक्षर हिजै बुझाइसकेका छौं । प्रधानमन्त्री ओली त्यही लिएर जानुभयो होला। राष्ट्रपतिले ओलीलाई नै प्रधानमन्त्री नियुक्त गर्नुहुन्छ होला,’ ती सांसदले भने ।

यता विपक्षी गठबन्धनबाट १४९ सांसदको हस्ताक्षर लिएर नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा पनि प्रधानमन्त्रीमा दाबी पेश गर्न शितल निवास पुगिसकेका छन् । देउवासहितका नेताहरू अहिले पनि शितल निवासमै छन् ।