राजनीति

शीतल निवास अगाडि नेपाल विद्यार्थी संघको प्रदर्शन


काठमाडौँ – राष्ट्रपति कार्यालय शीतल निवासअगाडि नेपाल विद्यार्थी संघले शुक्रबार प्रदर्शन गरेको छ । राष्ट्रपति विद्यादेवी भण्डारीले असंवैधानिक कदम चालेको भन्दै नेपाल विद्यार्थी संघले शुक्रबार प्रदर्शन गरेको हो ।

प्रधानमन्त्रीले विश्वासको मत नलिई वा पदबाट राजीनामा नदिई सरकार गठनका लागि गरेको सिफारिसको आधारमा राष्ट्रपतिले दलहरुलाई २१ घण्टाको मात्र समय दिनु असंवैधानिक भएको भन्दै उनीहरुले प्रदर्शन गरेका हुन् । प्रदर्शनको क्रममा प्रहरीले हस्तक्षेप गरेको नेविसंघका महामन्त्री दीपक भट्टराईले जानकारी दिनुभयो ।

प्रदर्शनमा प्रहरीले हस्तक्षेप गर्दै नेविसंघका नरेश विष्ट र श्याम ओझालाई नियन्त्रणमा लिएको भट्टराईले जानकारी गराउनुभयो । नेविसंघका अध्यक्ष राजिव ढुंगानाले शुक्रबार एक प्रेस विज्ञप्ति जारी गर्दै लोकतन्त्र र संविधानको रक्षार्थ निर्णायक संघर्ष गर्न आह्वान गरेका छन् ।