राजनीति

कांग्रेस पदाधिकारी बैठक जारी


काठमाडौँ – प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसको पदाधिकारीको बैठक बसिरहेको छ । बैठक पार्टी सभापति शेरबहादुर देउवा निवास बुढानिलकण्ठमा बसेको हो । बैठकमा पार्टीका पूर्व पदाधिकारी पनि सहभागी रहेका छन् ।

राष्ट्रपति विद्यादेवी भण्डारीले संविधानको धारा ७६ (५) अनुसार सरकार गठन गर्न आह्वान गरेपछि त्यसबारे निर्णय लिन कांग्रेसले बैठक बोलाएको हो ।

कांग्रेस नेताहरुले राष्ट्रपति र प्रधानमन्त्रीको पछिल्लो कदमको आलोचना गर्दै आएका छन् । राष्ट्रपति विध्या भण्डारीले संविधानको धारा ७६ (५) अनुसार संसदमा बहुमत जुटाउन सक्ने सांसद प्रधानमन्त्री बन्न सक्ने गरी नयाँ सरकार गठन गर्न दलहरूलाई आह्वान गरेको छ । राष्ट्रपतिले ७६ (५) को सरकार गठनका लागि बहुमतको दाबी पेश गर्न आज साँझ पाँच बजेसम्मको समय दिएकी छिन् ।