राजनीति

लौरो उभ्याएर भए पनि वैकल्पिक सरकार दिउँ : बाबुराम भट्टराई


काठमाडौँ – जसपा संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराईले संसद, संविधान र लोकतन्त्रको रक्षाका लागि लौरो उभ्याएर भए पनि वैकल्पिक सरकार दिन दलहरुलाई आग्रह गरेका छन् ।

जसपाकै महन्थ ठाकुर पक्ष प्रधानमन्त्री केपी शर्मा ओलीको पक्षमा उभिएका बेला डा. भट्टराईले ढिला नगरी वैकल्पिक सरकारको दावी पेश गर्न सुझाव दिएका छन् ।

डा। भट्टराईले भनेका छन्, ‘सबैले त्याग,बलिदान गरौं । लौरो उभ्याएर भए पनि ७६ (५) को वैकल्पिक सरकार दिउँ । आजै गरौं,अहिल्यैं गरौं । विपी कोइराला पुष्पलालदेखि हाम्रो पुस्तासम्मले लडेर ल्याएको संविधानरलोकतन्त्रको रक्षा नभए इतिहासले धिक्कार्नेछ ।’

राष्ट्रपति विध्या भण्डारीले संविधानको धारा ७६ (५) अनुसार संसदमा बहुमत जुटाउन सक्ने सांसद प्रधानमन्त्री बन्न सक्ने गरी नयाँ सरकार गठन गर्न दलहरूलाई आह्वान गरेको छ । राष्ट्रपतिले ७६ (५) को सरकार गठनका लागि बहुमतको दाबी पेश गर्न आज साँझ पाँच बजेसम्मको समय दिएकी छिन् ।