राजनीति

बादलले दिए खिमलाललाई बधाई


काठमाडौँ – उपनिर्वाचनमा पराजित भएका एमाले नेता रामबहादुर थापाले विजयी उम्मेदवार खिमलाल देवकोटालाई बधाई दिनुभएको छ । उहाँले सामाजिक सञ्जाल फेसबुकमार्फत आफ्ना मतदातालाई धन्यवाद पनि दिनुभएको हो ।

‘आजको राष्ट्रिय सभा उपनिर्वाचनमा मलाई मतदान गर्नुहुने तथा सहभागी हुनुभएका बागमती प्रदेश सभाका माननीय सदस्यहरु, महानगरपालिका, उपमहानगरपालिका, नगरपालिकाका मेयर, उपमेयर, गाउँपालिकाका अध्यक्ष, उपाध्यक्ष सबैमा हार्दिक आभार तथा धन्यवाद । विजयी उम्मेदवार डा खिमलाल देवकोटालाई बधाई’, बादलले सामाजिक सञ्जालमा लेख्नुभएको छ ।

बागमती प्रदेशको रिक्त राष्ट्रियसभा सदस्य पदमा विहीबार मतदान भएको थियो । एमालेबाट उपनिर्वाचनमा बादल खिमलालसँग पराजित हुनुभएको छ ।