बिजनेस

नेप्सेमा ६.३७ अंकले बढ्यो, ९ अर्ब माथिको कारोबार


काठमाडौँ – नेपाल स्टक एक्सचेञ्ज नेप्से परिसूचक विहीबार सामान्य ६.३७ अंकले बढेको छ । सामान्य बढेको नेप्सेमा कारोबार रकममा भने बुधबारको तुलनामा कमी आएको छ । विहीबार कुल २१४ कम्पनीको १ लाख ६ हजार ३ सय ९९ कारोबार भएको छ । यो कारोबारबाट २ करोड १ लाख ३३ हजार ६ सय २ कित्ता सेयर किनबेच भएको छ ।

बिहीबार कारोबार रकम ९ अर्ब ३० करोड ५२ लाख २२ हजार ४ रुपैयाँ भएको छ । पछिल्लो केही दिनयता कारोबार रकम ९ अर्ब भन्दा माथि पुगेको छ । शुन्य दशमलव २३ प्रतिशतले बढेको बजार २ हजार ७८७ दशमलव १९ विन्दुमा रोकिएको छ । आज सबैभन्दा धेरै कारोबार नेपाल पनर्बीमा कम्पनीको ३४ करोड रुपैयाँ बराबरको भएको छ ।

यसैगरी, बैंक अफ काठमाडौंको ३४ करोड रुपैयाँ बराबरको कारोबार भएको छ । आज मन्जुश्री र गुणवील फाइनान्सका लगानीकर्ताले सबैभन्दा धेरै कमाएका छन् । यी कम्पनीको शेयर मूल्य १० प्रतिशतले बढेको छ । यसैगरी, समता लघुवित्तलगायत अन्य पाँच कम्पनीको शेयर कारोबार ९ प्रतिशतभन्दा बढीले बढेको छ ।