कोरोना विशेष

गरिवको लागि गौशालामा अक्सिजनसहितको आइसोलेसन, खानादेखि सबै फ्रि(भिडियोसहित)


काठमाडौँ – कोरोना भाइरस संक्रमण दोस्रो लहरको अहिले देशभरका नागरिकले सामाना गर्नु परिरहेको छ । कतिपयले बेड, अक्सिजन नपाएर अकालमा ज्यान गुमाउन बाध्य भएका छन् । यस्तो संकटको बेलामा मारवाडी सेवा समिति नेपालद्धारा पशुपति गौशाला धर्मशालमा संयुक्त रुपमा ५१ बेडको अक्सिजन सहितको निशुल्क आइसोलेसन सेवा संचालनमा ल्याएको छ ।

कोरोना भाइरसको संक्रमणबाट देशभर सर्वसाधारणले गम्भीर स्वास्थ्य संकटको सामना गरिरहेको बेला काठमाडौको गौशालमा नेपाल–भारत मैत्री अस्पताल र मारवाडी सेवा समिति नेपालको समन्वयमा ५१ शैयाको अक्सिजन सहितको निशुल्क आइसोलेसन सेवा संचालनमा ल्याएको छ । देशभरको विग्रँदो अवस्थालाई मध्यजनर गरेर यस्तो तयारी गरेको हो । स्वास्थ्य विपतको बेला मारवाडी सेवा समिति नेपालले सुरु गरेको अक्सिजन सहितको निशुल्क आइसोलेसन सेवाको उपप्रधानमन्त्री तथा सिसिएमसीका संयोजक इश्वर पोखरेलले शुभारम्भ गरे ।

उनले यस्तो विषम परिस्थितमा मारवाडी सेवा समिति नेपालले आर्थिक अवस्था कमजोर भई उपचार गराउन नसक्ने विपन्नहरुको जीवन रक्षामा सहयोग पुग्ने बताए । देशभर अक्सिजन र उपचारको अभाव भइरहेका बेला स्वास्थ्योपचारमा सहायता गर्ने गरि मारवाडी समिति नेपालले सक्रियता देखाएको हो । विरामीका लागि कुनै पनि शुल्क नलिने समितिका अध्यक्ष कैलाश गोयलले बताए ।

अक्सिजनको अभावले हाहाकारको अवस्था सृजना भईरहँदा मारवाडी समिति नेपाले भने कोरोना संक्रमणबाट ग्रसित सर्वसाधारण जसलाई अक्सिजनको आवश्यकता पर्छ उनीहरुको उपचार गर्न सकेको अवस्थासम्म स्वास्थ्यकर्मीले यही आइसोलेसन सेन्टरमा सेवा गर्ने र विरामीको अवस्था थप जटिल भए नेपाल भारत मैत्री अस्पतालमा रेफर गरिने प्रवन्ध मिलाएको छ