समाज

चीनको रेडक्रस समाजले नेपाललाई स्वास्थ्य सामग्री पठायो


काठमाडौँ – कोरोनाको महामारीविरुद्ध लड्न चीनको रेडक्रस समाजले बुधवार नेपाललाई स्वास्थ्य सामग्री पठाएको छ । कोरोना संक्रमणको अवस्थालाई मध्यनजर गर्दै चीनको रेडक्रस समाजले महामारीविरुद्ध लड्नका लागि क्षमता बढाउन ती स्वास्थ्य सामग्री पठाएको  रेडक्रस समाजद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।

रेडक्रस समाजले ५ हजार पीपीई, १०० अक्सिजन कन्सन्ट्रेटर्स, एक लाख थान एन–९५ मास्क र २० लाख ५८ हजार सर्जिकल मास्क पठाएको जनाएको छ । यी स्वास्थ्य सामग्री नेपाल रेडक्रस समाजलाई हस्तान्तरण गरिनेछ ।