कोरोना विशेष

रेम्डिसिभिर आयातमा लाग्ने सम्पूर्ण कर, महसुल तथा शूल्क छुट


काठमाडौँ – कोरोना संक्रमितको उपचारमा प्रयोग हुने औषधि रेम्डिसिभिर आयातमा लाग्ने सम्पूर्ण कर, महसुल तथा शूल्क सरकारले पूर्ण रुपमा छूट गरेको छ ।

अर्थ मन्त्रालयका अनुसार भन्सार उपशीर्षक ३००४.९०.९० मा पर्ने यो औषधिको आयातमा लाग्ने कर छूट दिइएको हो । यो औषधिको अधिकतम खुद्रा मूल्य सार्वजनिक गरि आयातकर्ताले सर्वसुलभ रुपमा बिक्री वितरण गर्नुपर्नेछ ।

यसरी भन्सार महसुल छूटमा आएका औषधि उद्देश्यअनुसार प्रयोग भए नभएको र प्रदान गरिएको राजस्व छूट अनुसार रकम उपभोक्ताले मूल्यमा समायोजन भए नभएको अनुगमन भने स्वास्थ्य तथा जनसंख्या मन्त्रालय र उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले पाक्षिक रुपमा गर्ने व्यवस्था मिलाउनु पर्ने निर्णय समेत अर्थ मन्त्रालयले गरेको छ ।