देश

अपडेट : सुरक्षाकर्मीको गोली लागि एक युवकको मृत्यु


काठमाडौँ – नवलपरासीमा सशस्त्र प्रहरीले चलाएको गोलीबाट एक युवकको मृत्यु भएको छ । प्रतापपुर गाउँपालिका–६ कठहवामा सशस्त्र प्रहरीले चलाउदा सोही स्थानका २२ वर्षीय अभिनाश राजभरको उपचारका क्रममा अस्पतालमा मृत्यु भएको हो ।

प्रहरीको गोली लागेर गम्भीर घाइते भएको राजभरको सहिद स्मृति अस्पताल चौपत्तामा उपचार हुन नसकेपछि थप उपचारका लागि बुटवल पठाइएको थियो । उनलाई अस्पताल पुग्नासाथ डाक्टरले मृत घोषणा गरेका थिए ।। यस्तै प्रहरीको गोली लागेर अर्का ३० वर्षीय विनोद राय घाइते भएका छन् ।

कोरोनाले नेपाल–भारत सीमानाका बन्द रहेको अवस्थामा भारत जान खोजेपछि सुरक्षा प्रहरी र राजभरबीच विवाद भएको थियो । सोही विषयमा स्थानीय र प्रहरीबीच झडप भएको हो । घटनापछि सीमानाका तनावको स्थिति सिर्जना भएको छ ।