देश

सुरक्षाकर्मीको गोली लागी सीमा नाकामा एक घाइते


काठमाडौँ – पश्चिम नवलरासीमा सशस्त्र प्रहरीले चलाएको गोलीबाट एक युवक घाईते भएका छन् । प्रतापपुर गाउँपालिका–६ कठहवामा सशस्त्र प्रहरीले चलाउदा सोही स्थानका २२ वर्षीय अभिनाश राजभर घाइते घाइते भएका हुन् । उनको खुट्टामा गोली लागेको छ ।

नेपाल–भारत सीमानजिकै स्थानीय युवा र सुरक्षाकर्मीबीच विवाद हुँदा गोली चलेको पश्चिम नवलपरासीका प्रमुख जिल्ला अधिकारी धर्मेन्द्रकुमार मिश्रले बताएका छन् । घाइते राजभरको सहिद स्मृति अस्पताल चौपत्तामा उपचार हुन नसकेपछि थप उपचारका लागि बुटवल पठाइएको छ ।

कोरोनाले नेपाल–भारत सीमानाका बन्द रहेको अवस्थामा भारत जान खोजेपछि सुरक्षा प्रहरी र राजभरबीच विवाद भएको थियो । सोही विषयमा स्थानीय र प्रहरीबीच झडप भएको हो । झडपमा सशस्त्र प्रहरीका नायब निरीक्षक शंकर बुढाथोकीसमेत घाइते भएका छन् । स्थानीयले भने सुरक्षाकर्मीले बिनाकारण आफूहरु माथि गोली चलाएको आरोप लगाएका छन् ।